परमाणु हतियार बनाउन इरानलाई रोक्ने प्रयासमा इजरायल एजेन्सी। इजरायली विदेशमन्त्री गबी अस्केनाजीले इरानलाई परमाणु हतियार प्राप्त गर्ने कार्यमा सकेसम्म रोक्ने बताएका छन्। साइप्रस, ग्रिस तथा यूएई विदेशमन्त्रीहरूसँगको बैठकपछि उनले भने, “कट्टरपन्थी तथा असामाजिक शासनयुक्त इरानलाई हतियार प्राप्त गर्नबाट रोक्न हामी जस्तोसुकै शक्ति प्रयोग गर्न सक्नेछौं।” अस्केनाजीले मध्यपूर्वी क्षेत्रलाई अस्थिर पार्न इरान लागि परेको आरोप लगाए। इजरायल आफ्नो सम्प्रभुता र नागरिकको रक्षाका लागि दृढसंकल्पित रहेको पनि उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्