अमेरिकाले राख्यो ६ पाकिस्तानी नागरिक र ४ कम्पनीलाई कालोसूचीमा
एजेन्सी। रुसलाई मद्दत गरेको आरोपमा अमेरिकाले छजना पाकिस्तानी नागरिक र त्यहाँका चारवटा कम्पनीलाई ‘कालोसूची’मा राखेको छ। अमेरिकाले २०२० को राष्ट्रपति निर्वाचनमा प्रभाव पार्ने प्रयास गरेको आरोपमा मस्कोमाथि प्रतिबन्ध लगाएको थियो। यसले लोकतन्त्रलाई नोक्सान पारेको अमेरिकाको ठहर छ। कालोसूचीमा राखिएका व्यक्ति तथा कम्पनमाथि जासुसी कार्यमा सहयोग पु¥याएको आरोपसमेत अमेरिकाले लगाएको छ।
प्रतिक्रिया दिनुहोस्