काठमाडाैं। काठमाडौं महानगरपालिकाले चार रातमा सडक किनारामै सुत्ने २१५ जना व्यक्तिकाे उद्धार गरेको छ। कामपाले आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा २९ मंसीरदेखि २ पुससम्म उद्धार अभियानमा चलाएको थियो।
अभियान शुरू भएको पहिलो दिन सात महिला, ३४ पुरुष र एक बालक गरी ४२ जनाको उद्धार भएको थियो भने दोस्रो दिन १० महिला, ४५ पुरुष एक बालक र एक बालिका गरी ५७ जनालाई उद्धार गरिएको थियो।
१ पुसमा ११ महिला, ३७ पुरुष र एक बालक गरी ४९ र २ पुसमा तीन महिला, ६४ पुरुष गरी ६७ जनालाई रातको समयमा काठमाडौंका विभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो ।
‘बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त महाअभियान घोषणा मूल व्यवस्थापन समिति’ को बैठकमा मानव सेवा आश्रमका प्रदेश नम्बर ३ का इन्चार्ज सुमन बर्तौलाले उद्धार गरिएका मध्ये १२९ पुरुष, १४ महिला, एक बालक र एक बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको बताए। उद्धार गरिएकामध्ये पहिचान गरिएका १५ जनालाई मानव सेवा आश्रममा लगिएको छ। त्यस्तै ९ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धार कार्य शुरू गरिएको जानकारी गराउँदै व्यक्तिको उद्धार पूर्वको अवस्थालाई तस्वीर र भिडिओसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन निर्देशन दिए। रासस
" /> काठमाडाैं। काठमाडौं महानगरपालिकाले चार रातमा सडक किनारामै सुत्ने २१५ जना व्यक्तिकाे उद्धार गरेको छ। कामपाले आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा २९ मंसीरदेखि २ पुससम्म उद्धार अभियानमा चलाएको थियो।अभियान शुरू भएको पहिलो दिन सात महिला, ३४ पुरुष र एक बालक गरी ४२ जनाको उद्धार भएको थियो भने दोस्रो दिन १० महिला, ४५ पुरुष एक बालक र एक बालिका गरी ५७ जनालाई उद्धार गरिएको थियो।

">