दाउन्नेमा दुर्घटनामा घाइते भएका तीन जनाको मृत्यु काठमाडौं। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित दाउन्नेमा भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका ३१ जनामध्ये इलामकी २५ वर्षीया धनु दर्लामी, मकवानपुरकी ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवनका ७२ वर्षीय हिमलाल न्यौपानेको मृत्यु भएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्