काठमाडौं। काठमाडौंको ठमेल क्षेत्रमा दूरसञ्चार सेवा प्रदायकका (इन्टरनेट सेवा प्रदायक लगायतका) तारहरु काट्ने कार्यमा संलग्नलाई नेपाल दूरसञ्चार प्राधिकरणले कारबाहीको चेतावनी दिएको छ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी ठमेल क्षेत्रमा दूरसञ्चार सेवा प्रदायकका तारहरु काटिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालय, सेवा प्रदायक लगायत सरोकारवालाहरुसँग समन्वय नै नगरी गरिएको काम उचित नभएको जनाएको छ।

‘हाम्रो ठमेल, राम्रो ठमेल’ भन्ने नारासहित २९ मंसीरदेखि ठमेल क्षेत्रका अव्यवस्थित तार काट्ने काम भइरहेको छ। जसका कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र मानिने ठमेलमा एक सातादेखि टेलिफोन, इन्टरनेट र केबल टेलिभिजन सेवा अवरुद्ध छ।

नेपाल भ्रमण वर्ष २०२० का लागि भन्दै ठमेल क्षेत्रका अव्यवस्थित तार हटाउने क्रममा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध पारिएको उपभोक्ताको गुनासोपछि प्राधिकरणले यस विषयमा चासो देखाएको हो।

अव्यस्थित तारबार हटाउने यो तारतम्यकै बीच ठमेल क्षेत्रमा सुरक्षाका लागि जडान गरिएका अधिकांश सीसीटीभी क्यामेरासमेत बन्द भएका छन्।

नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र ठमेल पर्यटन विकास परिषद्को संयुक्त सहकार्यमा शुरू भएको भनिएको थियो। तार काट्ने विषयमा प्राधिकरणले प्रकाशित गरेको सूचनाले भने यस विषयमा प्राधिकरणसँग समन्वय नभएको बुझिन्छ।

"प्राधिकरणले अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्ने प्रक्रिया अगाडि बढाइरहेको र सेवा प्रदायक संस्थाहरु तार व्यवस्थापन गर्न तत्पर हुँदाहुँदै यसरी तारहरु काटिदा सो क्षेत्रमा दूरसञ्चार सेवा अबरुद्ध हुन जाने, आम नागरिकको व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने तथा आम नागरिकको सञ्चार तथा सूचना पाउने हक हनन हुन गएको छ", प्राधिकरणको सूचनामा भनिएको छ, "दूरसञ्चार जस्तो अति आवश्यक सेवा अवरुद्ध हुनेगरी गरिएको यस्तो कार्य दण्डनीय समेत भएकाले सम्बन्धित मन्त्रालय, प्राधिकरण र सरोकारवाला सेवा प्रदायकसँग समन्वय नगरी तारहरु काट्नु कुनैपनि दृष्टिकोणबाट उचित देखिँदैन।"

ठमेल क्षेत्रमा दूरसञ्चार प्रदायकका तार काटेको पाइएमा कारबाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ।

ठमेल क्षेत्रमा विद्युतका बाहेक अन्य सबै तार काटिएको छ।

ठमेलका अधिकांश पसल, होटल तथा रेस्टुराँ, ट्राभल एजेन्सी टेलिफोन र इन्टरनेट सेवाविहीन भएका छन्। ट्राभल एजेन्सी, होटल, रेस्टुराँ टेलिफोन र इन्टरनेट सेवाविहीन बन्दा त्यसको सोझो मार पर्यटकमा परेको छ।

अव्यवस्थित तार हटाउन काठमाडौं महानगरपालिका तथा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे र दरबारमार्गको पनि सहकार्य रहँदै आएको छ। ठमेल क्षेत्रबाट हालसम्म २० टनभन्दा बढी तार निकालिसकिएको छ।

पढ्नुहोस्:

भ्रमण वर्षका लागि सुन्दर बनाउन खोजिएको ठमेल पाँच दिनदेखि इन्टरनेट र टेलिफोनविहीन

" /> काठमाडौं। काठमाडौंको ठमेल क्षेत्रमा दूरसञ्चार सेवा प्रदायकका (इन्टरनेट सेवा प्रदायक लगायतका) तारहरु काट्ने कार्यमा संलग्नलाई नेपाल दूरसञ्चार प्राधिकरणले कारबाहीको चेतावनी दिएको छ।

"> ठमेलमा जथाभावी तार काट्नेलाई कारवाही गर्ने प्राधिकरणको चेतावनी: Dekhapadhi
ठमेलमा जथाभावी तार काट्नेलाई कारवाही गर्ने प्राधिकरणको चेतावनी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्