काठमाडौं। टिमका पर्खालका रुपमा चिनिएका भारतीय क्रिकेटका पूर्व कप्तान राहुद द्रविडका छोरा समित द्रविड पनि बुबाजस्तै उत्कृष्ट क्रिकेटर बन्ने दिशातर्फ अग्रसर देखिएका छन्।
समित आफ्ना बुबा राहुलजस्तै ब्याटिङमा माहिर छन्। र, उनले क्रिकेटमा आफ्नो भविष्य उज्ज्वल रहेको सावित पनि गरिसकेका छन्। १४ वर्षका समित यतिबेला कर्नाटक स्टेट क्रिकेट एसोसिएशनद्वारा आयोजित जूनियर लिगमा खेलिरहेका छन्।
यो लिग अन्तर्गतको पहिलो पारीमा दोहोरो शतक (२०१) प्रहार गरेका समितले अर्को पारीमा अविजित ९४ रन बनाए। दायाँहाते ब्याट्स्म्यान समित यो लिगमा भाइस प्रेसिडेन्ट टिमको प्रतिनिधित्व गरिरहेका छन्।
आफ्नो टिमका लागि समितले पहिलो पारीमा २५० बलको सामना गर्दै २०१ रन जोडेका थिए। जसमा २२ चौका सामेल थियो। त्यस्तै अर्को पारीमा अविजित ९४ रन जोडेका समितले बलिङ पनि मज्जाकै गरे। उनले २६ रन दिएर ३ विकेट चड्काए।
समित आफ्ना बुबाजस्तै सम्झीबुझी ब्याटिङ गर्ने ब्याट्सम्यान हुन्। समितका बुबा राहुलले भारतका लागि १६४ टेस्टम्याचमा ५२.३१ को औषतमा तेह्र हजार २८८ रन बनाएका थिए।
" /> काठमाडौं। टिमका पर्खालका रुपमा चिनिएका भारतीय क्रिकेटका पूर्व कप्तान राहुद द्रविडका छोरा समित द्रविड पनि बुबाजस्तै उत्कृष्ट क्रिकेटर बन्ने दिशातर्फ अग्रसर देखिएका छन्।समित आफ्ना बुबा राहुलजस्तै ब्याटिङमा माहिर छन्। र, उनले क्रिकेटमा आफ्नो भविष्य उज्ज्वल रहेको सावित पनि गरिसकेका छन्। १४ वर्षका समित यतिबेला कर्नाटक स्टेट क्रिकेट एसोसिएशनद्वारा आयोजित जूनियर लिगमा खेलिरहेका छन्।

">