फलामको खन्तीले टाउकोमा हानी भाउजुको हत्या काठमाडौं। आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बस्ने ४८ वर्षीय मोहन राजभण्डारी छन्। उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो। रोशनीलाई मोहनले फलामको खन्तीले टाउकोमा प्रहार गर्दा गम्भीर घाईते भएको र ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्