रुसी विपक्षी नेता नभाल्नीको स्वास्थ्य गम्भीर काठमाडौं। रुसका विपक्षी नेता एलेक्सी नभाल्नीको स्वास्थ्य स्थिति निकै गम्भीर रहेको उनका चिकित्सक यारोस्लोभ असिखमिनले शनिबार बताएका छन्। उनले भने, ‘नभाल्नीको कुनै पनि बेला मृत्यु हुन सक्ने कुरा उनको परिवारलाई प्राप्त स्वास्थ्य परीक्षण रिपोर्टले देखाएको छ। उनको शरीरमा पोटासियम अधिक छ र मिर्गौला खराब छ।’ ४४ वर्षीय ती सरकार विरोधी नेतालाई कुनै पनि समय हार्टअट्याक हुन सक्ने असिखमिनको भनाइ छ।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्