नेपालगन्ज। नेपालगन्जको ऐतिहासिक रानीतलाउ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ।
डेढ दशकदेखि जीर्ण अवस्थामा रहेको नेपालगञ्ज–८ स्थित प्रसिद्ध ऐतिहासिक रानीतलाउको नेपालगन्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेको सङ्ख्या अहिले बढ्दै गएको छ।
नगर प्रमुख डा धवलशम्शेर राणाले स्थानीय तहको गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीयरुपमा विकसित गर्दै लगिएको बताए। उपमहानगरपालिकाको करीब २५ लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको रानीतलाउ पार्क स्थानीयका लागि मात्र नभई काम विशेषले विभिन्न जिल्ला तथा भारतबाट नेपालगन्ज पुगेका व्यक्ति समेतका लागि मनबहलाउने उपयुक्त थलो बन्दै गएको छ।
यसैगरी नेपालगन्जकै अर्को ऐतिहासिक महेन्द्रपार्क पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न काम थालिँदैछ। ‘मिनी जू’ को रुपमा पनि चिनिएको महेन्द्र पार्कमा मयुर, खरायो, जरायोका साथै अष्ट्रिचलगायत विभिन्नथरिका चरा छन्। यहाँ उपमहानगरपालिकाले अरु जनावर र चराचुरुङ्गी पनि थप्ने सोच बनाएको छ।
सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेरअनुसार उपमहानगरपालिकाले पनि यहाँको पर्यटकीयस्थललाई आकर्षक बनाउने कार्य शुरु गरिसकेको नगर प्रमुख राणाले बताए।
नेपालगन्जको यी दुई पार्कका साथै ऐतिहासिक शक्तिपीठ बागेश्वरी मन्दिरको विस्तार, कान्तिताल र वाटरपार्कको निर्माण पनि धमाधम भइरहेको छ ।
" /> नेपालगन्ज। नेपालगन्जको ऐतिहासिक रानीतलाउ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ।डेढ दशकदेखि जीर्ण अवस्थामा रहेको नेपालगञ्ज–८ स्थित प्रसिद्ध ऐतिहासिक रानीतलाउको नेपालगन्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेको सङ्ख्या अहिले बढ्दै गएको छ।

">