पूर्वराजा ज्ञानेन्द्र स्वदेश फर्किए, विमानस्थलमा भव्य स्वागत काठमाडौं। दिल्लीबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ। विमानस्थल वरपर पूर्वराजा शाहको स्वागतका लागि राजावादीहरू लामबद्ध थिए। उनी हरिद्वारस्थित कुम्भमेलामा सहभागी हुन चैत २६ गते पत्नी कोमल शाहसँगै भारत गएका थिए। उनले त्यहाँ ‘शाही स्नान’ पनि गरेका थिए। स्वामी श्री कैलाशानन्दजी महाराजको निमन्त्रणमा उनी कुम्भमेलामा सहभागी हुन भारत गएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्