अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ
काठमाडौं। अवैध अन्तर्राष्ट्रिय कल बाईपासमामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत पंजाब जलान्धर सन्तोकपुरा–१ का राना शाह र रौतहट साविक रमौली बेरिया गाविस–६ का मोसलिम मियाँ अन्सारी रहेका छन्।
उनीहरुलाई चन्द्रागिरी नगरपालिका–२ बसण्डोलबाट प्रहरीले पक्राउ गरेको हो। उनीहरु माथि दूरसंचार ऐन, २०५३ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्