ममता बनर्जीले कोलकत्तामा चुनाव प्रचार नगर्ने, सभाको समय ३० मिनेट काठमाडौं। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अब कोलकत्तामा चुनाव प्रचार नगर्ने भएकी छन्। तृणमूल कंग्रेसका प्रवक्ता तथा सांसद डेरेक ओ ब्रायनले ट्विट गर्दै अन्तिम चरणको चुनावअघि २६ अप्रिलमा हुने एक प्रतीकात्मक बैठकमा मात्रै सहभागी हुने बताए। बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसअघि कांग्रेस नेता राहुल गान्धीले चुनावी प्रचार रोकेका थिए। बनर्जीका अन्य क्षेत्रका चुनावी र्‍याली पनि अब ३० मिनेटभन्दा लामा हुने छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्