भारतमा कोरोना नियम तोड्ने चार एयरलाइन्सलाई कारवाही काठमाडौं। दिल्ली सरकारले कोरोनासम्बन्धी नियम तोडेको भन्दै चारवटा विमान कम्पनीमाथि कारवाही गर्ने भएको छ। सरकारले इन्डिगो, भिस्टारा, स्पाइस जेट र एयर एसियाले कोरोना पीसीआर जाँच नगराई यात्रु चढाएपछि कारवाही गर्न लागेको हो। पछिल्लोपटक दिल्लीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। शनिबार त्यहाँ करिब साढे २४ हजार संक्रमित फेला परेका थिए। दिल्लीमा कोरोनाका बिरामीलाई अक्सिजन तथा अस्पतालको अभाव हुन थालेको छ।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्