लेखक/साहित्यकारलाई परिचयपत्र दिइने
काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानले लेखक/साहित्यकारलाई परिचयपत्र दिने कार्यविधि तयार पारेको छ। ‘लेखक/साहित्यकार परिचयपत्र वितरणसम्बन्धी (पहिलो संशोधन) कार्यविधि–२०७७’ संशोधनको पहिलो मस्यौदाको प्रतिवेदन प्राज्ञ परिषद् सदस्य प्रा डा योगेन्द्रप्रसाद यादव संयोजकत्वको कार्यदलले प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसमक्ष बुझाइएको हो।
कुलपति उप्रेतीले मुलुकका वाङ्मय साधकलाई पहिलेदेखिकै परिचयपत्र दिने योजना बनाएको बताए। परिचयपत्रमा लेखक/साहित्यकारका नाम/उपनाम, नागरिकता नम्बर, जिल्ला, जन्ममिति, विषय क्षेत्र र विधा खुलाइनेछ।रासस
प्रतिक्रिया दिनुहोस्