इजरायलमा ८० प्रतिशतले लगाए खोप, अब मास्क लगाउनु नपर्ने काठमाडौं। इजरायलमा वर्ष दिनपछि नागरिकलाई बाहिर निस्कँदा मास्क नलगाए पनि हुने नियम लागू गरिएको छ। इजरायलमा ८० प्रतिशत जनतालाई खोप लगाएपछि यस्तो नियम लगाइएको हो। त्यहाँ आइतबार सरकारले मास्कको अनिवार्यता खारेज गरेको हो। ९३ लाख जनसंख्या भएको इजरायलले खोपमा सफलता पाएको चर्चा अहिले संसारभर चलेको छ।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्