९० लाख खर्च गर्दै कोरोना भ्याक्सिन लगाउन दुबई!
काठमाडौं। भारतीय धनाढ्यहरु कोरोनाविरुद्धको भ्याक्सिन लगाउन दुबई जान थालेका छन्। यसका लागि उनीहरुले ९० लाख रुपैयाँसम्म खर्च गरेको पाइएको छ।
यूएई सरकारले रेजिडेन्ट भिजा भएका विदेशीलाई पनि निःशुल्क भ्याक्सिन दिन थालेपछि भारतीय धनाढ्यहरु त्यता जान थालेका हुन्। भारतमा अहिले पुनः कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि सुरक्षित हुन पनि उनीहरु ठूलो खर्चमा दुबई जान थालेका हुन्।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्