साेलुखुम्बु। खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकप्टरले नियमविपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर छ। कैलाश र सिम्रिक एअरका हेलिकप्टरले खुम्बुका विभिन्न क्षेत्रमा दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसमेत ढुवानी गरिरहेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्थानीय सुरक्षा निकायसँगको प्रत्यक्ष समन्वयमा मात्रै उडान भर्ने गरी उडान अनुमति दिएको भए पनि त्यसलाई वास्तै नगरी आफूखुशी उडान भर्ने गरेको पाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय बबरमहल काठमाडाैंले सिम्रिक एअर प्रालिलाई १६ मंसीरमा लेखेको चलानी नं १०७८ को पत्र र २० मंसीरमा कैलाश हेलिकप्टर सर्भिसेज प्रालिलाई लेखेको चलानी नं ११०७ को पत्रमा स्थानीय सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नुपर्ने उल्लेख छ।
प्रशासनलाई छैन जानकारी
नेपाल नागरिक उड्डयन प्राधिकरणले शर्तसहित उडान अनुमति दिएको भए पनि हेलिकोप्टर कम्पनीले कानूनको खिल्ली उडाएका छन्। सदरमुकाम सल्लेरीदेखि करीब दुई घण्टाको पैदल यात्रामा पुग्न सकिने सोलुदूधकुण्ड नगरपालिका–१, टाक्सिन्दुबाट ती हेलिकोप्टरले निर्वाधरूपमा सामान ढुवानी गरिरहेका छन्। दिनहुँ सामग्री ढुवानी गरिरहेका ती हेलिकोप्टरका विषयमा जिल्ला प्रशासन कार्यालयमा जानकारी नभएको बताइन्छ।
प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले त्यस विषयमा जानकारी नभएको भन्दै सुरक्षा जाँच नगरी मनोमानी उडान भर्दा प्रतिबन्धित सामग्री ओसारपसार हुन सक्ने सम्भावना बढी रहेको बताए। नियमकानून भए पनि त्यसको बेवास्ता गर्दै विगतका वर्षहरूमा पनि यसै गरी सामान ढुवानी हुने गरेको स्थानीयवासी बताउँछन्। केही वर्षदेखि काठमाडौंबाट टाक्सिन्दुसम्म सीधा सडक सञ्चालन भएकाले त्यहाँसम्म गाडीमा सामान ढुवानी गर्ने र हेलिकप्टरमार्फत् माथिल्लो क्षेत्र लैजाने क्रम बढेको छ।
प्रमुख जिल्ला अधिरकारी खनालले उडानबारे जानकारी नभएको बताइरहँदा हेलिकप्टर कम्पनीले भने स्थानीय प्रशासनसँगको समन्वयमा नै सामान ढुवानी गरिरहेको दाबी गरेको छ। कैलाश एअरका जनरल म्यानेजर प्रतापजङ्ग पाण्डेले प्रशासनसँगको समन्वयमा नै उडान गरिरहेको बताए।
उडान अनुमति जारी गर्ने तथा नियमन गर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भने सोलुखुम्बुमा भइरहेको उडानबारे बोल्न चाहेनन्। उनले जिल्लाकै प्राधिकरण प्रमुख जानकार रहेको भन्दै जवाफ दिनबाट पञ्छिन खाेजे।
नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख प्रकाश शर्माले भने कम्पनीले समान ढुवानीबारे आफूसँग कुनै समन्वय नगरेको बताए। कम्पनीले माथिको निर्णय भन्दै आफूखुशी उडान भर्ने गरेको उनको भनाइ छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी एवं उपमहानिर्देशक राजकुमार क्षेत्रीले भने सोलुखुम्बुमा भइरहेको उडानबारे आफ्नो ध्यानाकर्षण भएको बताए। स्थानीय सुरक्षा निकायसँग समन्वय नगरी उडान भर्नु तथा सामान ढुवानी गर्नु कम्पनीको लापरबाही भएको भन्दै उनले यसबारे केही दिनभित्रै बैठक डाकेर आवश्यक निर्देशन दिने र कमजोरी पाइएमा कारबाही गर्ने बताए।
उडिरहेका हेलिकप्टरबाट पटक–पटक समान खस्छ
सुरक्षा जाँचबिना जथाभाबी उडान गर्दा दुर्घटना हुन सक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था गरेर मात्रै उडान गर्ने/गराउने भन्ने निर्णय गरेको भए पनि त्यो लागू हुन नसक्दा समस्या हुने गरेको छ। गत १९ भदौ अपराह्न उडिरहेको कैलाश एअरको हेलिकप्टरबाट सिरकलगायतका सामग्री खसेका थिए।
फाप्लु विमानस्थलबाट उडेको उक्त हेलिकोप्टरले केही मिनेटमै सोलुदूधकुण्ड नगरपालिका–२, फेरामा उक्त सामग्री खसालेको भन्दै स्थानीयवासीले प्रशासनको ध्यानकर्षणसमेत गराएका थिए। पटक-पटक उडिरहेका हेलिकप्टरबाट सामग्री खस्दासमेत नियमनकारी निकाय मौन बसेको स्थानीयवासी छिरिङ शेर्पाको भनाइ छ। खुम्बु क्षेत्रमा सहज सामान ढुवानीको विकल्पका रूपमा हवाई सेवा नै भए पनि नियम पालना भने गर्नुपर्ने यहाँका स्थानीयवासीको माग छ।
– भोजराज कार्की/रासस
" /> साेलुखुम्बु। खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकप्टरले नियमविपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर छ। कैलाश र सिम्रिक एअरका हेलिकप्टरले खुम्बुका विभिन्न क्षेत्रमा दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसमेत ढुवानी गरिरहेका छन्।नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्थानीय सुरक्षा निकायसँगको प्रत्यक्ष समन्वयमा मात्रै उडान भर्ने गरी उडान अनुमति दिएको भए पनि त्यसलाई वास्तै नगरी आफूखुशी उडान भर्ने गरेको पाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालय बबरमहल काठमाडाैंले सिम्रिक एअर प्रालिलाई १६ मंसीरमा लेखेको चलानी नं १०७८ को पत्र र २० मंसीरमा कैलाश हेलिकप्टर सर्भिसेज प्रालिलाई लेखेको चलानी नं ११०७ को पत्रमा स्थानीय सुरक्षा निकायसँग अनिवार्य समन्वय गर्नुपर्ने उल्लेख छ।

">