हुम्ला। नेपाली सेनाले कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्को १२३ किलोमिटर सडक निर्माणको काम चाँडै सक्ने गरी काम गरिरहेको छ। सल्लीसल्लादेखि सिमकोटसम्मको ५० किलोमिटर सडकको निर्माण भने निजी क्षेत्रले गरिरहेको छ।
नेपाली सेनाका सेनानी मिलन कार्कीले आफूहरूले जिम्मा लिएको सडकखण्डमा अहिलेसम्म १११ किलोमिटर सडकको ट्रयाक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको जानकारी दिए। प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले गरेको स्थलगत निरीक्षणका क्रममा सेनानी कार्कीले उक्त जानकारी गराएका हुन्।
खुलालुदेखि हुम्लाको सिमकोटसम्म निर्माण भइरहेको सडकको कूल लागत दुई अर्ब ८४ करोड रूपैयाँ छ। दुई दशकसम्म अलपत्र परेको कर्णाली करिडोर निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएपछि यो सडकखण्डले तीव्रता पाएको हो।
२०५६ सालमा शिलान्यास गरिएको यो करिडोरको निर्माण २०६६ सालसम्म सडक विभाग आफैंले गरिरहेको थियो। तर, कालीकोट र हुम्लाको अधिकांश भागमा ठूल्ठूला चट्टान र पहराका कारणपछि २०७१ को अन्त्यमा नेपाली सेनालाई जिम्मेवारी दिइएको थियो।
अझै पनि निमार्णाधीन सडकको धेरै खण्डकाे जिम्मा विभागले निजी क्षेत्रलाई दिएको छ। सल्लीसल्लादेखि सिमकोटसम्मको ५० किलोमिटर क्षेत्रको भागमा सडक विभागले तीनवटा ठेक्का व्यवस्थापन गरी निजी क्षेत्रलाई दिएको छ। निजी क्षेत्रबाट निर्माण भइरहेको कतिपय ठाउँमा चट्याङ फोड्न सेनाको सहयोग लिनुपर्ने भएकाले पनि केही ढिलाई भएको हुम्लाका सांसद छक्कबहादुर लामाले बताए।
विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले त्यस क्षेत्रको समस्या पहिचान गरी समाधानका लागि कर्णाली करिडोरको स्थलगत निरीक्षण गरिएको बताइन्। कर्णाली करिडोरको कूल लम्बाइ ६८२ किलोमिटर छ। यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालीकोट, हुम्लाको सिमकोट हुँदै हिल्सासम्म जोडिने छ।
" /> हुम्ला। नेपाली सेनाले कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्को १२३ किलोमिटर सडक निर्माणको काम चाँडै सक्ने गरी काम गरिरहेको छ। सल्लीसल्लादेखि सिमकोटसम्मको ५० किलोमिटर सडकको निर्माण भने निजी क्षेत्रले गरिरहेको छ।नेपाली सेनाका सेनानी मिलन कार्कीले आफूहरूले जिम्मा लिएको सडकखण्डमा अहिलेसम्म १११ किलोमिटर सडकको ट्रयाक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको जानकारी दिए। प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले गरेको स्थलगत निरीक्षणका क्रममा सेनानी कार्कीले उक्त जानकारी गराएका हुन्।

">