भारत–हङकङ उडान मे ३ सम्म स्थगित एजेन्सी। हङकङले भारतबाट हुने सबैखाले उडान भोलि मंगलबारदेखि मे ३ सम्मका लागि स्थगित गरेको छ। भारतमा बढ्दो कोरोना सङ्क्रमणका कारण उडान स्थगित गरिएको हो। हङकङले पाकिस्तान र फिलिपिन्सका उडान पनि सोही अवधिसम्मका लागि स्थगित गरेको बताएको छ। यसै महिना भारत–हङकङ उडानका क्रममा भिस्टारा एयरलाइन्सका ५० यात्रुमा कोरोना भाइरस देखिएपछि उडान स्थगित गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्