काठमाडौं। जयकिशन कोल्सावालकाे अर्धशतकप्रेरित काठमाडौं गोल्डेन्स वारियर्सले पोखरा प्रिमियर लिग (पीपीएल) मा आज विराटनगर टाइटन्सलाई ३६ रनले हराएको छ। प्रतियोगितामा काठमाडौं गोल्डेन्सको यो लगातार दोस्रो जित हो।
काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। काठमाडौंले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रन बनायो। विराटनगरले १९.४ ओभरमा सबै विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो।
काठमाडाैंका कोल्सावालले ४३ बलमा पाँच चौका र दुई छक्कासहित ५५ रन बनाए। कप्तान ज्ञानेन्द्रले ३३ बलमा तीन चौका र दुई छक्कासहित ४५ रन बनाए। अमित श्रेष्ठले १७, सुबोथ भाटीले १४ र आदिल खानले १३ रन जोडे। विराटनगरका पुनीत मेहेराले दुई विकेट लिँदा नोमन खान, जितेन्द्र मुखिया र किशोर महतोको नाममा १/१ विकेट रह्यो।
विराटनगरका मेहेराले ५३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। विराटनगरका कप्तान प्रदीप ऐरीले २९ र नोमन खानले २५ रन जाेडे।
काठमाडौंका भाटीले तीन विकेट लिँदा अमरसिंह राउटेला र वसन्त रेग्मीले समान दुई विकेट लिए। अमृत भट्टराई र सुशन भारीको नाममा १/१ विकेट रह्यो।
प्रतियोगितामा काठमाडौंको यो चौथो खेल हो। काठमाडौं यसअघिका तीनै खेलमा पनि पहिले ब्याटिङ गरेको थियो।
पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको काठमाडौं दोस्रो खेलमा बुटबल ब्लास्टरसँग सुपर ओभरमा पराजित भएको थियो।
पछिल्लो खेलमा कप्तान ज्ञानेन्द्रको शतकप्रेरित काठमाडौंले धनगढी ब्लुजलाई १०६ रनले पराजित गएको थियो। तीन खेलमा दुई अंक जोडेको काठमाडौं तेस्रो स्थानमा छ भने विराटनगर चौथो स्थानमा छ।
विराटनगरको यो तेस्रो खेल हो। यसअघि विराटनगर धनगढीसँग पाँच रनले पराजित भएको थियो भने पोखरा पल्टनमाथि ४५ रनको विजय हासिल गरेको थियो।
" /> काठमाडौं। जयकिशन कोल्सावालकाे अर्धशतकप्रेरित काठमाडौं गोल्डेन्स वारियर्सले पोखरा प्रिमियर लिग (पीपीएल) मा आज विराटनगर टाइटन्सलाई ३६ रनले हराएको छ। प्रतियोगितामा काठमाडौं गोल्डेन्सको यो लगातार दोस्रो जित हो।काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। काठमाडौंले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रन बनायो। विराटनगरले १९.४ ओभरमा सबै विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो।

">