ठूला सुविधासम्पन्न होटल नहुँदा वीरेन्द्रनगरमा हुने अधिकांश कार्यक्रम नेपालगञ्जमै आयोजना गरिन्थे।
व्यापारिक, प्रशासनिक र राजनीतिक चहलपहल नहुँदा ठूलो लगानीमा होटल सञ्चालन गर्न यहाँका व्यवसायी डराउनुपर्ने अवस्था थियो । जब मुलुक प्रादेशिक संरचनामा गयो तब सुर्खेतको होटल व्यवसाय क्षेत्रले एकाएक फड्को मार्न थाल्यो । सुर्खेतलाई कर्णाली प्रदेशको स्थायी राजधानी घोषणा गरिएपछि स्तरीय एवं सुविधासम्पन्न होटल खुल्ने क्रम बढेको हो।
दुई वर्ष यता सुर्खेतमा होटल व्यवसायमा मात्रै करीब ४२ करोड लगानी थपिएको छ।
सुर्खेतको वीरेन्द्रनगरका सिद्धार्थ र शुभ दुई ठूला होटल हुन्। सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आफ्नो १२औँ शाखाका रूपमा विसं २०७२ वैशाखदेखि सुर्खेतबाट सेवा प्रारम्भ गर्यो । शुरुमा १६ करोड रूपैयाँको लगानी रहेको मूलपानीस्थित तत्कालीन शनी रिसोर्टमा पाँच करोड रुपैयाँ लगानी थप गरेर २१ करोडको लागतमा सिद्धार्थले आफ्नो सेवा सञ्चालन गरेको हो।
विसं २०७३ चैत मसान्तबाट २७ करोड रूपैयाँको लगानीमा जुम्ला रोडमा शुभ होटल सञ्चालनमा आयो । शुभ होटलका सञ्चालक पदमबहादुर शाहीले रारा र कैलाश मानसरोवर जाने पर्यटकलाई लक्षित गरेर ६० डिलक्स रुम, रेष्टुरेन्ट बार, सेमिनार हल, पार्किङ, विवाहमण्डप, लिफ्टलगायतका सुविधासहित अपाङ्गमैत्री संरचना निर्माण गरेको जानकारी दिए । सुर्खेतको गढी सिद्धपाइला पर्यटकीय स्थान हो। जहाँबाट सुर्खेत उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । सिद्धपाइलामा विसं २०७४ माघदेखि ६ करोड रूपैयाँभन्दा बढीको लागतमा होटल स्टे भ्याली भ्यू सञ्चालनमा आयो । कर्णाली आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर वीरेन्द्रनगरदेखि करीब नौ किमी उत्तरमा होटल सञ्चालनमा ल्याइएको हो । त्यस्तै, चार करोड ८५ लाख रूपैयाँको लागतमा विसं २०७४ देखि चर्चित पर्यटकीयस्थल बुलबुले उद्यानको प्रवेशद्वार नजिकै बुलबुले भ्यू होटल सञ्चालनमा आएको छ।
होटलका सञ्चालकसमेत रहेका सुर्खेत होटल व्यवसायी महासङ्घका महासचिव जनकसिंह ठकुरीले प्रदेशस्तरीय कार्यक्रम, रारा जाने पर्यटक र अग्र्यानिक खानालाई मुख्य आधार बनाएको बताए।
स्थलमार्ग हुँदै माथिल्लो कर्णाली जाने यात्रु बढ्नु र सुर्खेत–काठमाडौँ सिधा हवाईसेवा सञ्चालन हुनुले आफूहरु उत्साही भएको व्यवसायीले बताएका छन् । होटल व्यवसायी महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले कर्णालीमा पर्यटकीय चहलपहल बढ्दै गएकाले लगानीको वातावरण सिर्जना भएको बताए । “कर्णालीमा पर्यटकीय पूर्वाधारको विकास, सडकको पहुँच विस्तार हुँदै जानुजस्ता कारण यहाँ पर्यटकको चहलपहल बढ्दै गएको छ”, उनले भने, “मुख्यतः हाम्रो होटल व्यवसायमा लगानी बढ्नु प्रादेशिक संरचनाकै उपज हो, त्यसपछि पर्यटकीय चहलपहल पनि हो।”
उनका अनुसार सुर्खेत प्रदेश राजधानी एवं कर्णालीको प्रवेशद्वार हुनु, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सञ्चालन हुनु, भेरी–बबई डाइर्भसन, मध्यपहाडी, मदन भण्डारी राजमार्गजस्ता ठूला आयोजनाको निर्माणले यहाँ सुविधासम्पन्न होटल खुल्ने अवस्था निम्तिएको हो । प्रदेशका अन्य नौ जिल्ला सुर्खेतकै बाटो भएर पुग्नुपर्छ । त्यसले गर्दा यहाँ पर्यटकलाई लक्षित गरेर होटल खुल्ने क्रम बढेको हो । ठूलो सङ्ख्यामा हिन्दू, बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र कैलाश मानसरोवर जाने भारतीय पर्यटकका साथै रारा, जुम्ला, दैलेखलगायत जिल्लाका पर्यटकीयस्थल घुम्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर सुर्खेत, कालिकोट र जुम्लामा होटल खुल्न थालेका छन्।
सुर्खेतमा साना–ठूला गरी एक हजार ४४३ होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । होटल व्यवसायी सङ्घ सुर्खेतमा आव मध्ये नौ होटल–रेष्टुराँलाई स्तरीय भनी वर्गीकरण गरिएको छ । जसमध्ये होटल भ्याली भ्यू, नमस्ते नेपाल, जियाना रेष्टुरेन्ट, शुभ होटल, बुलबुले भ्यू होटल, होटल एयाम प्लाजा, चकटी लाउन्ज र सिद्वार्थ शनी रिसोर्ट ‘क’ श्रेणीमा छन्।
त्यस्तै, ५६ वटा होटल तथा रेष्टुराँ ‘ख’ श्रेणीका छन्। जसमध्ये सम्राट गेष्ट हाउस, पुरानो माछापुच्छे होटल, दर्शन होटल रेष्टुरेन्ट एण्ड लजलगायतका छन् । बाँकी एक हजार ३७९ होटल तथा रेष्टुरेन्ट ‘ग’ वर्गमा पर्ने होटल व्यवसायी महासङ्घले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष एवं शुभ होटलका सञ्चालक पदमबहादुर शाहीले सिधैं सुर्खेत आउने पाहुना अझै विमानस्थलकै कारण नेपालगञ्ज रोकिनुपर्ने बाध्यता रहेको बताए । “हाम्रो व्यवसायको मुख्य बाधक एयरपोर्ट हो”, उनले भने, “७२ सिटे जहाजमार्फत काठमाडौँ–सुर्खेत नियमित उडान हुन्थ्यो भने होटल व्यवसायमा अझ राम्रो प्रगति भइसक्थ्यो ।”
प्रकाश अधिकारी/रासस
" /> ठूला सुविधासम्पन्न होटल नहुँदा वीरेन्द्रनगरमा हुने अधिकांश कार्यक्रम नेपालगञ्जमै आयोजना गरिन्थे।व्यापारिक, प्रशासनिक र राजनीतिक चहलपहल नहुँदा ठूलो लगानीमा होटल सञ्चालन गर्न यहाँका व्यवसायी डराउनुपर्ने अवस्था थियो । जब मुलुक प्रादेशिक संरचनामा गयो तब सुर्खेतको होटल व्यवसाय क्षेत्रले एकाएक फड्को मार्न थाल्यो । सुर्खेतलाई कर्णाली प्रदेशको स्थायी राजधानी घोषणा गरिएपछि स्तरीय एवं सुविधासम्पन्न होटल खुल्ने क्रम बढेको हो।

">