उपत्यकामा एकैदिन २ हजार ३५२ जना सवारी चालक माथि कारवाही काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ३५२ जना सवारी चालक माथि कारवाही गरेको छ। कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६७, ढोका खुल्लै राख्ने ११७, जथाभावी यात्रु चढाउने ९८, वानवेमा प्रवेश गर्ने ८०, अवस्था ठिक नभएका सवारी गुडाउने ८१, बत्तीको उल्लङ्घन गर्ने ५८, नम्बर प्लेट स्पष्ट नराख्ने ३४ र मदिरा पिएर चलाउने १७ जना चालक छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्