अमेरिकाले भ्याक्सिनको कच्चा पदार्थ नपठाएपछि भारत सशंकित
काठमाडौं। भ्याक्सिन उत्पादन बढाउन भारतले मागेको कच्चा पदार्थ दिन अमेरिकाले आलटाल गर्दै आएको छ। अमेरिकाका महामारी विशेषज्ञ डा. एन्थोनी फाउची यसबारे ‘माफ गर्नुस्, पछि कुरा गरौंला’भन्दै पन्छिएका छन्।
पछिल्लो समय भारत–अमेरिका सम्बन्ध मजबुत भएको अनुमान गरिएको थियो। तर, कोरोना महामारीसँग जुधिरहेको भारतलाई भ्याक्सिन निर्माणमा आवश्यक कच्चा पदार्थ उपलब्ध नगराएपछि दुई देशबीचको सम्बन्धमै पुनर्विचार गरिनुपर्ने अवस्था आएको विश्लेषकहरु बताउँछन्।
प्रतिक्रिया दिनुहोस्