काठमाडौं। दीपेश आलेमगरले शुरूमै गरेको गोलमा संकटा क्लबले आज एनआरटीविरुद्ध १–० को नतिजा निकाल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीपेशले आठौं मिनेटमा गरेको गोल संकटालाई तीन अंक जोड्न पर्याप्त बन्यो। गत संस्कण दोस्रो स्थानमा रहेको संकटाको यो पहिलो जित हो। यसअघि पहिलो खेलमा संकटा च्यासल युथ क्लबसँग २–० ले पराजित भएको थियो।
कप्तान अमित तामाङको क्रसलाई दीपेश आलेमगरले पोष्टको दिशा दिएका थिए। ५२औं मिनेटमा अमितको सशक्त फ्रिकिक एनआरटीका गोलकिपर अजित प्रजापतीले 'पन्च' गरिदिएपछि संकटा अग्रता दोब्बर बनाउनबाट चुकेको थियो।
दोस्रो हाफमा एनआरटीले गोलका केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा अंक संकटासँग अंक खोस्ने मौका गुमायो। एनआरटीले पहिलो खेलमा सरस्वती युथ क्लबमाथि ४–० को शानदार विजय हासिल गरेको थियो।
गत सिजन पुछारमा रहेर लिगको अन्त्य गरेको एनआरटी अहिले राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्यको प्रशिक्षणमा छ। गत सिजन लिगको पुछारमा रहेका कारण यस सिजन एनआरटीको दुई अंक घटेको छ।
एन्फाले गत सिजन रेलिगेशनको प्रावधान हटाएर पुछारमा रहने दुई टोलीको नयाँ सिजन क्रमशः २ र १ अंक घटाउने निर्णय गरेको थियो। त्यसैले यो सिजन एनआरटीको २ तथा मछिन्द्रको १ अंक घटाइएको छ।
आजै सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा जावलाखेल युथ क्लबले सरस्वती युथ क्लबलाई १–० ले पराजित गरेको थियो।
" /> काठमाडौं। दीपेश आलेमगरले शुरूमै गरेको गोलमा संकटा क्लबले आज एनआरटीविरुद्ध १–० को नतिजा निकाल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीपेशले आठौं मिनेटमा गरेको गोल संकटालाई तीन अंक जोड्न पर्याप्त बन्यो। गत संस्कण दोस्रो स्थानमा रहेको संकटाको यो पहिलो जित हो। यसअघि पहिलो खेलमा संकटा च्यासल युथ क्लबसँग २–० ले पराजित भएको थियो।

">