अमेरिकाले आफ्ना नागरिकलाई भन्यो– भारत नजाऊ काठमाडौं। भारतमा अनियन्त्रित बन्दै गएको कोरोना महामारीलाई दृष्टिगत गर्दै अमेरिकाले आफ्ना नागरिकलाई भारत सकेसम्म नजान अनुरोध गरेको छ। कोरोनाविरुद्धको पूर्ण खोप लगाइसक्दा पनि संक्रमित हुन सक्ने देखिएकाले अमेरिकाले यस्तो अनुरोध गरेको हो। असअघि बेलायत र पाकिस्तानले भारतीय यात्रुप्रवेशमा रोक लगाइसकेका छन्। भारत जानैपर्ने अवस्था छ भने पहिला खोप लगाइसक्न र मास्कका साथै दूरी कायम गर्नसमेत अमेरिकाले सल्लाह दिएको छ।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्