‘दुबई एरोस्पेस’ले अर्डर गर्यो १५ वटा बोइङ ७३७ म्याक्स
काठमाडौं। दुबई एरोस्पेस इन्टरप्राइजेजले १५ वटा बोइङ ७३७ म्याक्स अर्डर गरेको छ।
कम्पनीले १.८ बिलियन अमेरिकी डलर पर्ने बोइङका १५ जेट विमान अर्डर गरेको हो। विश्वको ठूला एयरलाइन्स कम्पनीहरुको सूचीमा पर्ने एरोस्पेसले मंगलबार ती विमान अर्डर गरेको घोषणा गरेको रोयटर्सले बताएको छ।
सन् २०१८ मा भएको हवाई दुर्घटनापछि विश्वभरका बोइङ विमानहरु एक वर्ष ग्राउण्डेड भएका थिए।
प्रतिक्रिया दिनुहोस्