नारायण भण्डारी
र, मेरा लागि त्यो दिन पलभरमै बित्यो । सायद घाम उदाउने बित्तिकै डुब्यो, जून झुल्किने बित्तिकै हरायो । सायद त्यो दिन रात २४ घण्टाको थिएन । धेरै पछि, धेरै नै पछि मेरो लागि दिन यति छिटो बित्यो ।
मेरो चाहनाले हुने भए, समय त्यो दिनमा अडिनुपथ्र्यो । घडीको सुई ढिला घुम्नु पथ्र्यो । सुईको प्रत्येक फन्कोले मलाई सन्तुष्ट बनाउनुपथ्र्यो । प्रत्येक पल, सेकेन्ड, मिनेट र घण्टा, अस्वभाविक भैदिनुपथ्र्यो । तर भएन । हुने कुरा पनि भएन । किनकी समय व्यक्तिका भावना बोकी हिड्दैन । हिड्ने भए, सायदै प्रकृति यति नियमवद्ध रहन्थ्यो ।
यति छिटो दिन बित्दा मेरो भोलि तुरुन्तै आगनमा आइपुग्छ, जुन दिन मैले घर छोड्नु पर्नेछ । त्यो दिन मैले मेरै मुटु छोड्नुपर्नेछ । त्यो दिन मैले मेरो सबै भावनाहरु गाँठो पार्नुपर्नेछ । त्यो दिन मैले ४ वर्षे छोरालाई विदाईको हात हल्लाउनुपर्नेछ । त्यो दिन उसको निर्दोष आँसुको अवमूल्यन गर्नुपर्नेछ र आफ्नै आँखामा देखिन सक्ने आँसु नियन्त्रण गर्नु पर्नेछ । निसन्देहः त्यो दिन कष्टकर हुनेवाला छ ।
भोलि– अक्सर व्यग्र प्रतिक्षामा ढिलो र निरासाको पूर्वानुमानहरुमा छिटो आइदिने रहेछ ।
***
घर छाड्ने भएपछि सामान्य तयारी गर्नै पर्याे । गर्दा गर्दै दिन ढल्किहाल्यो । साँझ घर छिर्दा छिर्दै छोरोले झ्यालबाटैं बोलायो– ‘ड्याडी’ । र, दौडिदै आयो ढोकामा । अनि लुटपुटियो अंगालोमा । आहा ! यो स्पर्श, यो अंगालो । सन्तुष्टिको कुनै पनि परिभाषा भन्दा माथि छ यो अंगालो । विडम्बना, भोलिदेखि कम्तिमा एक वर्षका लागि छोड्दैछु मैले । उसले पनि । भोलिदेखि हामी विछोडिदै छौं ।
कल्पना आफैमा पीडादायी । कल्पना आफैले मनको बाँध फुटाउँछ र आँखाको डिल रसाउन आइपुग्छ । तर, कल्पना नै वास्तविकता हुँदैछ । सहँुला कसरी ? मैले अनि उसले !
मैले बेला बेलामा भनिराखें उसलाई, म विदेश जाँदैछु भनेर । उसको बाल मस्तिष्कमा एक्कासि विछोडको भार नपरोस् भनेर । तर उसले सधैं इन्कार गरिराख्यो । अनेक लालच देखाएँ, प्रशस्तै खेलौनाहरु ल्याइदिउँला भनेर । अहँ, ऊ डेग चल्दैन । ड्याडी नजाने नै भनिराख्छ । भन्दा बित्तिकै आँसु झार्छ, अनि प्रश्न गर्छ–
बाबु (आफै) कोसंग डुली (घुम्न) जाने ?
कोसँग क्रिकेट खेल्ने ?
कोसँग होमवर्क गर्ने ?
कसले स्टोरी (कथा) भन्ने ?
कोसँग नू गर्ने (सुत्ने) ?
मैले जवाफ दिन्छु– ‘मामुसँग’ ।
मेरो जवाफसँग ऊ सन्तुष्ट हुन्न र भन्छ– ‘नाईं, ड्याडीसँग’ ।
बच्चाको आनिबानी परिवर्तन भइराख्ने रहेछ । करीब ३ वर्ष उमेर हुने बेलासम्म उसले मलाई खासै खोजेन । मेरो अनुपस्थितिले उसलाई खासै फरक पारेन । तर त्यसयता भने क्रमशः विशिष्ट कुराहरुमा ड्याडी नभई नहुने बानी परेको छ उसको । भावनात्मक रुपमा अन्तरसम्बन्धित यिनै बानीको क्रमभंगताको आभासले सायद उसको पनि मन दुखेको छ । ऊ त बच्चा, एकैछिनमा यी सब कुरा भुल्छ र खेल्न दौडिहाल्छ । तर, मेरो आफ्नै मन ? अस्थायी नै किन नहोस्, त्यो आभासले झन् ठूलो हुन्डरी पैदा गरिदिन्छ । मनै पो उडाएर लगिदिन्छ कि जस्तो !
***
त्यो दिन पनि घर फर्किएपछि, ऊसँग एकछिन खेलें, होमवर्क गराएँ र सँगै खाना खाएँ, सधैं जस्तो । खाएर कोठामा आउँदा उसले मेरो लगेज देख्यो र फेरि भनिहाल्यो– ‘ड्याडी विदेश नजाने’ । म अवाक् रहें । जवाफको लागि उपयुक्त वाक्य थिएन मसँग ।
त्यो दिन उसले मेरो काख छोडेन, कसिराख्यो । उसले अंगालो कस्दा, भित्र मेरो भावना भने फुकिराख्यो । मनमा कताकता लाग्यो पनि, भैगो जाँदिन । फेरि सोचें– भावनाले अवसरहरु बन्धकी बनायो भने अगाडि बढ्ने गुञ्जायस नै कहाँ रहन्छ र !
अहो ! कहिलेकाहीँ त समय पनि कति निष्ठूर भइदिने रहेछ, खुशी र दुखको संयोजन एकैपलमा गरिदिने र दोधारको भूमरी खडा गरिदिने ! आखिर भूमरी कहाँ थीर हुन्छ र ! चन्चल । मेरो मनमा पनि उसैगरी भूमरी पैदा भएको छ । चन्चल भइराखेको छ, छटपटी भइराखेको छ ।
उसलाई विस्तरामा लगेर सुताउँछु, उसले कथाको माग गर्छ । जंगलको कथा, जनावरको कथा, चराचुरुङ्गीको कथा, मान्छेका कथा, साथीभाई र स्कुलका कथा । कथा अनि कथा उपक्रमहरु । कथा सुन्दै जाँदा उसले कहाँ, किन, कसलाई, कसरी, आदि इत्यादि प्रश्नहरु गरिराख्छ । उसका जिज्ञासु प्रश्नहरुले कथा यसै लम्बिन्छ । अलिक थाकेको दिन एउटै कथा भनिसक्दा निदाइसक्छ, नत्र दोश्रो र तेस्रो कथा भनिराख्नुपर्छ ।
अक्सर उसलाई जंगल र जनावरको कथा मन पर्छ । आज पनि मैले जंगलकै कथा जोड्न खोज्दै थिएँ । उसले रोक्यो र आदेश गर्यो– ‘नाई, आज विदेशको कथा भन्ने’ । म अल्मलिएँ । के भन्नु र के नभन्नु जस्तो ! लाग्यो, त्यो बालमस्तिष्कमा कति प्रश्नहरु छन्, जुन अव्यक्त छन् । सायद ऊ ती सबै प्रश्नहरु नगरिकनै जवाफहरु सुन्न चाहन्छ ।
म कल्पिन्छु, मेरो कथा त सजिलो छ । छात्रवृत्तिमा अध्ययनको लागि एक वर्ष विदेश जाँदैछु । सम्मानपूर्वक, उसैको खर्चमा । तर विदेशी भुमिमा आफ्नै आँसु सिंचेर केही रकम फलाईरहेका संघर्षशीलहरुले आफ्नै कथा कसरी भन्लान् ? भन्न सक्लान् कि नसक्लान् ? आफ्नै कथा भन्लान् कि कल्पनाका ? भने पनि, भनिसक्दा आफ्नै भावनाहरु आफ्नै आँसुले बगाई लग्दो हो । मन असाध्यै गाँठो पर्दो हो । आफ्नै ज्यान आफैलाई गह्रौ हुँदो हो । मेरो त केवल केही समयको विछोडको न भार हो । ती संघर्षशीलहरुले त घर छोड्नुको पीडा सहन गर्न सक्ने सामथ्र्य नजुटाउँदै परदेशी भूमिमा अरुको अह्रन–खटनको भार थपेर यसै सहिदिनुपर्छ । बाध्यता अनि बिडम्बना । अहो ! समय त आखिर एकनास छ, तर सम्बन्धहरु एकनाश छैनन् । भोगाईहरु एकनास छैनन् । अरु त अरु ! जिन्दगी नै कहाँ एकैनाश छ र !
जसोतसो मैले विदेशको कथा भन्छु । कथामार्फत् नै म किन जाँदैछु भन्ने कुराको औचित्य पुष्टि गर्न खोज्छु र मैले उसलाई कति ‘मिस’ गर्नेछु भन्ने कुरा जोड्छु । उसले अनेकन् प्रश्नहरु गर्छ, मैले जसोतसो जवाफ दिँदै जान्छु । कथा सुन्दा सुन्दै उ हाई काढ्न थाल्छ, चलमलाउन थाल्छ र अर्कोतर्फ फर्किएर लुपुक्क निदाउँछ ।
***
भोलि विहानै फ्लाइट छ, ८ बजे नै एयरपोर्ट पुग्नुपर्छ । प्याकिङ अझै बाँकी छ । छोरो सुतिसकेपछि म त्यसैमा लाग्छु । तर, मेरो मनमा भने कुनै उत्साह छैन । यही अवसर पाउनका लागि मैले नै मिहिनेत गरें तर जाने बेला हँुदा म आँफै खुशी छैन । म गईसकेपछि सायद बानी पर्ला, उसलाई पनि अनि मलाई पनि । तर कल्पनामा आउने दृश्यहरुले, भोलि विहान छुट्ने बेला उसको आँखाबाट झर्न सक्ने आँसुका निर्दोष छालहरुले, म गैसकेपछि मसँग सम्बन्धित उसका गतिविधिहरुमा ल्याउनुपर्ने परिवर्तनले र उसको खुशीमा आउन सक्ने सम्भावित अवरोधको आभासले मन यसै यसै भरिएर आउँछ ।
प्रत्येक दिन विहान विस्तरामा, ऊ अर्ध निद्रामै छामछुम पार्दै म भएनजिकै आउँछ र अंगालो हाल्छ । त्यसो गर्दा ऊ सन्तुष्ट हुँदो हो ।
प्रत्येक दिन उठिसकेपछि ऊ र म संगसंगै खाजा खानुपर्छ । स्कुल जाने बेला ऊ मलाई गालामा म्वाईं खान्छ र बाई भन्छ । त्यसो गर्दा उसमा हर्ष भरिँदो हो ।
प्रत्येक दिन जब साँझ ५ बज्छ, उसले मामुको मोबाइलबाट मलाई फोन गर्छ । अफिसबाट म हिडें कि नाईं भनेर निश्चिन्त हुन । अफिसबाट आइपुग्दा ऊ हुत्तिदै म नजिक आउँछ र अंगालोमा बेरिन्छ । त्यो गर्दा उसको मसंगको आत्मियता तृप्त हुँदो हो ।
प्रत्येक दिन उसलाई मसँगै बसेर होमवर्क गर्नुपर्छ र सकिसकेपछि एकछिन उसको रुचि अनुसारको खेल ऊ जस्तै भएर खेल्नुपर्छ । त्यसो गर्दा उसले मबाट साथित्वको आभाष पाउँदो हो ।
प्रत्येक शनिबार विहान उठ्दा उठ्दै उसले सोध्छ– ड्याडी, आज कहाँ घुम्न जाँने ? कहीं न कहीं लाग्ने प्रतिवद्धता जनाउनुपर्छ । र, लैजान्थें पनि । त्यसो गर्दा उसले संसार देख्दो हो ।
भोलि म हिडेपछि नै उसले यी बानीहरुमा परिवर्तन ल्याउनुपर्ने छ । पर्सि पनि ऊ उसैगरी छामछुम गर्दै आउला । खाजा खानेबेला उसैगरी साथी खोज्ला । प्रत्येक साँझ ५ बजे, उसलाई मेरो झझल्को आउला । मामुसंग होमवर्क गर्न मान्ला कि नमान्ला ? मामुसंग घुम्न जाँदा ड्याडीसँग गए जसरी तृप्त होला कि नहोला ? यी र यस्तै प्रत्येक पलहरुमा उसले मलाई जरुर खोज्नेछ । र, सायद निराश हुनेछ । यता उसको निराशाको आभासले उता मलाई विह्वल गराउनेछ ।
रातको १२ बजेछ । मैले पुलुक्क उसैलाई हेर्छु । ऊ गहिरो निन्द्रामा छ ।
सुत्नुपर्यो । प्याकिङ सकाइवरी म नि विस्तरामा पल्टिन्छु र आँखा बन्द गर्छु ।
***
घर छोड्ने अघिल्लो रात । बाहिर एकनासले कुकुरहरु भुकिरहेछन् । मध्यरातको खाली सडक, गाडीहरु बेस्मारी हुइँकिएको कर्कस आवाज मेरो कानमा ठोक्किन आइपुगेको छ । र, ठीक त्यसैगरी मेरो मन पनि दौडिरहेको छ– कल्पनाहरुमा, भावनाहरुमा, पीडाहरुमा अनि आभासहरुमा ।
म विस्तरामा पल्टिन्छु । रात छिप्पिइसकेको छ । आँखाले उत्कट निन्द्रा मागेको छ तर मनले रोकेको छ । आँखा त बन्द छ तर मन खुल्ला छ । मनको ढोका कसरी बन्द गर्न सकिएला, त्यसको कुनै ज्ञान वा अभ्यास छैन मलाई । अरुण थापाले उहिल्यै ठिकै गाएथे– यो मनको के भर हुन्छ, वहकिने मात्र डर हुन्छ । मेरो मन पनि उसैगरी बहकिएको छ ।
कहिलेकाहीँ कार्यालयको कामको सिलसिलमा २–४ दिन, अझ भनौं ५–७ दिनसम्म उसलाई छाडेर नहिडेको होइन । गाह्रो त त्यतिबेला नै पनि हुन्थ्यो । तर सन्निकट पूनर्मिलनको आभाषले त्यो गह्रौं मनलाई सम्हाल्थ्यो । तर, अहिलेको पूनर्मिलन त्यति सन्निकट छैन । वर्ष दिनको कुरा अर्थात निरन्तर ३६५ दिन । फेरि यसपाला हामीले टेक्ने माटो नै फरक छ र दूरी धेरै टाढा छ । मेसन्जरहरु मार्फत् कुरा होला, सुविधा हो । तर पनि उसलाई स्पर्श गर्दा आउने आनन्द मेसन्जरले कसरी देला ? त्यो अवोधको स्पर्शविना सायदै मेरो माया तृप्त होला । मान्नुपर्छ ती पुस्ताहरुलाई, जसले यी सब सुविधाहरुको अभावमा पनि मन थामेर वर्षौं वर्ष आफ्ना अवलाहरुलाई छोडि हिड्न सक्ने आत्मबल जुटाउँथे । मेरो आत्मबल भने अहिले स्खलित भईरहेछ ।
भैगो निदाउँछु अब, धेरै ढिला भैसक्यो । सबेरै उठेर घर छोड्नुछ । सोचेर के फाइदा ? म शरीर दायाँ फर्काउँछु र फेरि बाँया । घरी सुतिरहेको छोरोको हात समाउँछु, घरी म्वाईं खान्छु । घरी उठेर घटघटी पानी पिउँछु । निदाउँन खोज्छु, सक्दिन । म यस्तै परिस्थितिमा परदेशी भूमिमा मजदुरी गर्न जाने अभिसप्त जिन्दगीहरु सम्झिन्छु र आफ्नो चित्त बुझाउन खोज्छु । उनीहरुको संघर्ष, उनीहरुको दुख, उनीहरुको भोगाई अनि उनीहरुको बाध्यता, म यी सबै कुराहरु पनि कल्पिन्छु र आफ्नै मन बहलाउन खोज्छु । म सुखको खोजीमा बाध्यतापूर्वक विदेशिएर बाकस भई फर्किएकाहरुको परिवार र तिनका भोगाईहरु सम्झन्छु र मेरो परिस्थिति त त्यस्तो होइन भनेर सन्तुष्ट हुन खोज्छु । तर अहँ, मन कसैगरी भुल्दैन । आखिर मानिसलाई आफ्नै भोगाई र मनस्थितिको परिधि नै त सबै भन्दा ठूलो हुने रहेछ ।
***
राती ३ बजेसम्म म निदाउँन नसकेको सम्झन्छु । एक्कासी शरीरमा हलचल पैदा भयो, श्रीमतीले ब्युझाएकी रहिछिन् । विहान ६ बजिसकेछ । थाहा छैन, कतिबेला निदाएछु ।