‘फेस टु फेस मोड’मा कक्षा सञ्चालन नगर्न काठमाडौं महानगरको अनुरोध काठमाडौं। ‘फेस टु फेस मोड’मा कक्षा सञ्चालन नगर्न काठमाडौं महानगरपालिकाले पाँच-बुँदे अनुरोध गरेको छ। महानगरभित्रका विद्यालयहरू भोलिदेखि वैशाख मसान्तसम्म प्रत्यक्ष ढाँचामा नभई वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न अनुरोध गरेको हो। वैकल्पिक कक्षा सञ्चालन गर्दा अभिभावकले सहजीकरण गर्ने, पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्दा २५ जनाभन्दा विद्यार्थी भेला नगर्न र विद्यालय प्रशासन नियमित सञ्चालन गर्न अनुरोध गरिएको महानगरद्वारा जारी पत्रमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्