कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिका–५, कटुवा गाउँकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छन्। सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउने क्रममा उनले ट्र्याक्टरमा नै बच्चा जन्माएकी हुन्।

आज बिहान विजयनगर गाउँपालिका–५, कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी व्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु३त २४४८ नम्बरको ट्र्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदा उनले ट्र्याक्टरमा नै छोरा जन्माइन्। विजयनगर गाउँपालिकामा एम्बुलेन्स उपलब्ध छैन।

गर्भवती महिला त्यो पनि सुत्केरी व्यथाले च्यापेको अवस्थमा ट्र्याक्टरमा उफार्दै करीब १५ किलोमिटरको दूरी पार गरी उर्मिलालाई चन्द्रौटा ल्याउँदै गर्दा बच्चा जन्मिएको हो। चन्द्रौटा होटलअगाडि बीच शहरमा उर्मिलालाई व्यथाले च्यापेपछि बच्चा जन्मिएको हो।

गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकाले आफूले सुत्केरी गराउन शिवराज नगरपालिकाको चन्द्रौटामा ल्याउनुपरेको परिवारले बताएका छन्। “गाउँपालिकाले हालसम्म एम्बुलेन्स खरीद नगर्दाको आफूजस्तै गाउँपालिकाका अरू वासिन्दाले पनि पीडा भोगिरहेको छ”, स्थानीय कलम कोरीले भने, “भगवानको कृपाले मेरो बुहारी र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ नत्र यस्तो समस्यामा जे पनि हुनसक्थ्यो।”

विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरीद र सञ्चालनका लागि प्रयास र पहल भने नगरेको होइन। यो आर्थिक वर्षमा एम्बुलेन्स खरीदका लागि गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। यो वर्ष दातृ निकायबाट सहयोग प्राप्त भयो भने दुईवटा एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाकाे भनाइ छ। रासस

" /> कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिका–५, कटुवा गाउँकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छन्। सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउने क्रममा उनले ट्र्याक्टरमा नै बच्चा जन्माएकी हुन्।

आज बिहान विजयनगर गाउँपालिका–५, कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी व्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु३त २४४८ नम्बरको ट्र्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदा उनले ट्र्याक्टरमा नै छोरा जन्माइन्। विजयनगर गाउँपालिकामा एम्बुलेन्स उपलब्ध छैन।

गर्भवती महिला त्यो पनि सुत्केरी व्यथाले च्यापेको अवस्थमा ट्र्याक्टरमा उफार्दै करीब १५ किलोमिटरको दूरी पार गरी उर्मिलालाई चन्द्रौटा ल्याउँदै गर्दा बच्चा जन्मिएको हो। चन्द्रौटा होटलअगाडि बीच शहरमा उर्मिलालाई व्यथाले च्यापेपछि बच्चा जन्मिएको हो।

गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकाले आफूले सुत्केरी गराउन शिवराज नगरपालिकाको चन्द्रौटामा ल्याउनुपरेको परिवारले बताएका छन्। “गाउँपालिकाले हालसम्म एम्बुलेन्स खरीद नगर्दाको आफूजस्तै गाउँपालिकाका अरू वासिन्दाले पनि पीडा भोगिरहेको छ”, स्थानीय कलम कोरीले भने, “भगवानको कृपाले मेरो बुहारी र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ नत्र यस्तो समस्यामा जे पनि हुनसक्थ्यो।”

विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरीद र सञ्चालनका लागि प्रयास र पहल भने नगरेको होइन। यो आर्थिक वर्षमा एम्बुलेन्स खरीदका लागि गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। यो वर्ष दातृ निकायबाट सहयोग प्राप्त भयो भने दुईवटा एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाकाे भनाइ छ। रासस

"> गाउँपालिकामा एम्बुलेन्स नहुँदा ट्रयाक्टरमै सुत्केरी: Dekhapadhi
गाउँपालिकामा एम्बुलेन्स नहुँदा ट्रयाक्टरमै सुत्केरी
कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिका–५, कटुवा गाउँकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छन्। सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउने क्रममा उनले ट्र्याक्टरमा नै बच्चा जन्माएकी हुन्।

आज बिहान विजयनगर गाउँपालिका–५, कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी व्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु३त २४४८ नम्बरको ट्र्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदा उनले ट्र्याक्टरमा नै छोरा जन्माइन्। विजयनगर गाउँपालिकामा एम्बुलेन्स उपलब्ध छैन।

गर्भवती महिला त्यो पनि सुत्केरी व्यथाले च्यापेको अवस्थमा ट्र्याक्टरमा उफार्दै करीब १५ किलोमिटरको दूरी पार गरी उर्मिलालाई चन्द्रौटा ल्याउँदै गर्दा बच्चा जन्मिएको हो। चन्द्रौटा होटलअगाडि बीच शहरमा उर्मिलालाई व्यथाले च्यापेपछि बच्चा जन्मिएको हो।

गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकाले आफूले सुत्केरी गराउन शिवराज नगरपालिकाको चन्द्रौटामा ल्याउनुपरेको परिवारले बताएका छन्। “गाउँपालिकाले हालसम्म एम्बुलेन्स खरीद नगर्दाको आफूजस्तै गाउँपालिकाका अरू वासिन्दाले पनि पीडा भोगिरहेको छ”, स्थानीय कलम कोरीले भने, “भगवानको कृपाले मेरो बुहारी र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ नत्र यस्तो समस्यामा जे पनि हुनसक्थ्यो।”

विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरीद र सञ्चालनका लागि प्रयास र पहल भने नगरेको होइन। यो आर्थिक वर्षमा एम्बुलेन्स खरीदका लागि गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ। यो वर्ष दातृ निकायबाट सहयोग प्राप्त भयो भने दुईवटा एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाकाे भनाइ छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्