५० जना नेपाली प्राविधिकलाई भोलिबाट रेलसम्बन्धी तालिम दिइने
काठमाडौं। भारतको जयनगरबाट धनुषाको कुर्थासम्म यही वैशाख महिनाभित्रै रेल सञ्चालन गर्न ५० जना नेपाली प्राविधिकलाई भोलीबाट रेलसम्बन्धी तालिम दिइने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सविच रविन्द्रनाथ श्रेष्ठले तालिम जनकपुरमा हुने बताए। तालिम दिनका लागि भारतबाट विज्ञहरू आजै आइपुग्ने उनले जनाए। जयनगर-बर्दिवास रेल्वेको प्रथम खण्ड भारतको जयनगरबाट धनुषाको कुर्थासम्म वैशाख अन्तिमबाट रेल चलाउने तयारी रहेको छ।
प्रतिक्रिया दिनुहोस्