अमेरिका र भारतका विदेशमन्त्रीले गरे अफगानिस्तान-म्यानमारको सुरक्षाबारे चिन्ता काठमाडौं। अमेरिकी विदेशमन्त्री टोनी ब्लिंकनले भारतीय समकक्षी एस जयशंकरसँग क्षेत्रीय एवं द्विपक्षीय मामिला र जलवायु परिवर्तनसम्बन्धी वार्ता गरेका छन्। सोमबार ती नेताले अफगानिस्तान-म्यानमारको सुरक्षाबारे पनि टेलिफोन वार्ता गरेका हुन्। ब्लिंकनले ट्विट गर्दै भनेका छन्, “अमेरिका र भारतबीचको सम्बन्धको महत्त्व हामीले गरेको कुराकानीबाट पनि पुष्टि हुन्छ। हामीले अफगानिस्तान र म्यानमारमा शान्ति बहालीबारे पनि कुरा गर्‍यौं।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्