सन् १६६८ मा स्टकहोमको खाडीबाट यात्रा शुरू गर्दा ‘भासा’ संसारको सबैभन्दा अत्याधुनिक युद्धपोत थियो।

स्वीडेनका राजा गूताव द्वितीय एडोल्फले बनाउन लगाएको उक्त जहाज ६८ मिटर लामो थियो र ६४ वटा तोप बोक्न सक्थ्यो। एडोल्फले आफ्ना जलसैनिकका लागि धेरैभन्दा धेरै जहाज बनाउन चाहन्थे। त्यसैले उनले यो विशाल युद्धपोत बनाउन आदेश दिएका थिए।

‘भासा’ स्वीडेनका जलसैनिकका लागि एक अग्रणी युद्धपोत थियो। तर, त्यस विशाल र सुसज्जित जहाजको गौरव धेरै दिन टिक्न पाएन। पहिलो यात्राको २० मिनेटभित्रै उक्त पानीजहाज समुद्रमा डुब्यो। जहाजमा सवार सबै ३० जनाको मृत्यु भयो।

यस्ताे थियाे भासा।

‘भासा’ करीब ३०० वर्षसम्म समुद्रको पिँधमा रह्यो। पुरातत्वविद्ले बाहिर निकालेर यसको संरक्षण गरे। त्यसपछि यसलाई स्कान्डिनेभियाकै सबैभन्दा धेरै पर्यटक पुग्ने संग्राहलयमा बदले।

यात्रा शुरू गर्नेबित्तिकै डुब्न पुगेको ‘भासा’ इतिहासमा जलसैनिकका लागि बनाएको युद्धपोतको वास्तुशिल्पको ठूलो असफलता र रहस्यको रूपमा रहेको छ।

तीव्र बेगको हावाका कारण जहाज एकातर्फ ढल्किएको थियो। त्यसपछि तोपको नलीका लागि बनाएको ठाउँबाट पानीभित्र पस्यो। पानी पसेपछि जहाज झनै ढल्कियो। यसरी क्रमशः डुब्यो।

म्यूजियममा प्रदर्शनका लागि राखिएकाे भासा।

उक्त जहाजको पहिलो यात्राको उत्सव मनाउन धेरै मानिस जम्मा भएका थिए। उनीहरूको आँखाको सामुन्ने जहाज डुबेको उक्त घटनालाई राष्ट्रिय विपत्तिको रूपमा पनि हेरियो।
जहाज डुब्नुको कारण पत्ता लगाउन गरिएको अनुसन्धानले जहाज असन्तुलित भएको देखाएको छ। तर, के कारणले जहाज असन्तुलित भएको थियो भन्नेबारे भने अहिलेसम्म पनि एकमत छैन।

केही इतिहासकारले जहाजको ‘डिजाइन’ नै गलत भएको दाबी गर्छन्, भने अर्काथरीले जहाजमा तौल नमिलाइकन तोप राखिएको दाबी गर्छन्।

करीब ३०० वर्ष समुद्रको फेँदमा रहेको उक्त जहाज सन् १९५६ मा भेट्टियो। यसलाई बाहिर निकाल्न पूरै पाँच वर्ष लाग्यो। तर, त्यतिन्जेल पनि ‘भासा’ बनाउन प्रयोग गरिएका काठहरू बिग्रिएका थिएनन्। यसमा प्रयोग गरिएका काठमा स्वीडेनको राजपरिवारका कथाहरू कुँदिएका थिए। यसलाई सन् १९६१ मा बाहिर निकालेर विशेषज्ञहरूले जाँच गर्दा काठहरू जस्ताको त्यस्तै पाइयो। जहाजको करीब ९८ प्रतिशत भाग सडेको थिएन, बनाउँदाकै जस्तो अवस्थामा थियो।

३०० वर्षसम्म समुद्रकाे पिँधमा रहेकाे युद्धपाेत।

यो जहाज अहिले स्टकहोमको ‘भासा म्यूजियम’को रूपमा परिचित छ। म्यूजियमकी निर्देशक लीसा मेन्सन भन्छिन्, “भासाको ९८ प्रतिशत भाग अहिले पनि मौलिक नै छ, जुन संसारभरमा अद्वितीय छ।”

यो जहाज अहिले १७औं शताब्दीको संरक्षित जहाजको रूपमा रहेको छ। त्यससमयको यति ठूलो आकारको अन्य कुनै पनि जहाजलाई यसरी संरक्षण गरेर राखिएको छैन।

‘भासा’ यसरी सुरक्षित रहनुको प्रमुख कारण यो बाल्टिक सागरमा डुबेकाले हो। त्यहाँ धेरै नै चिसो र अक्सिजन कम हुने कारणले काठलाई सडाउने कीरा तथा ब्याक्टोरियाबाट जहाज जोगियो।

म्यूजियमले उक्त जहाज डुबेको र त्यसको ३०० वर्षपछि निकालिएको भिडिओ पनि बनाएको छ। उक्त म्यूजियम घुम्न जाने पर्यटकलाई उक्त भिडिओ देखाइन्छ।

भासा म्यूजियम।

अहिले जहाज एकातर्फ झुक्न शुरू गरेकाले फेरि दोस्रोपटक डुब्ने चिन्ता शुरू भएको छ। युद्धपोत शिल्पका विशेषज्ञहरूले ‘भासा’ को त्रासदीपूर्ण इतिहास फेरि दोहोरिएको हेर्न चाँहदैनन्। त्यसैले उनीहरूले यसको मर्मतसम्भार शुरू गरेका छन्, भविष्यका सन्ततिका लागि यो जहाज सुरक्षित राख्न सकियोस् भन्ने उद्देश्यका साथ।

“हामीले केही गरेनौं भने पनि एक वर्षमा एक मिलिमिटरको दरमा जहाज झुक्दै गइरहेको छ,” म्यूजियमकी निर्देशक मेन्सन भन्छिन्, “हामी यसरी जहाज झुक्दै जाओस् भन्ने चाहँदैनौं, किनकी यस्तै भइरह्यो भने एक दिन जहाज पूरै डुब्नेछ।”

बीबीसीबाट भावानुवाद

" /> सन् १६६८ मा स्टकहोमको खाडीबाट यात्रा शुरू गर्दा ‘भासा’ संसारको सबैभन्दा अत्याधुनिक युद्धपोत थियो।

"> २० मिनेटमै समुद्रमा डुबेको ३५० वर्षअघिको त्यो भीमकाय युद्धपोत: Dekhapadhi
२० मिनेटमै समुद्रमा डुबेको ३५० वर्षअघिको त्यो भीमकाय युद्धपोत

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्