जर्ज फ्लोइडको हत्या अभियोगमा पूर्व प्रहरी अधिकारी दोषी ठहर एजेन्सी। अमेरिकाको मिनिआपुलिसमा अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्या आरोपमा पूर्वप्रहरी अधिकारी दोषी ठहर भएका छन्। गत मेमा फ्लोइडलाई गिरफ्तार गर्ने क्रममा ४५ वर्षीय प्रहरी अधिकारी डेरेक शोभिनले नौ मिनेटभन्दा लामो समय घुँडाले घाँटी थिचेको भिडियो बाहिरएको थियो। सो घटनापछि अमेरिकामा हिंसा मच्चिएको थियो। शोभिन सेकेन्ड डिग्री हत्या, थर्ड डिग्री हत्या र आशय बिनाको गैरकानुनी हत्या अभियोगमा दोषी देखिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्