काठमाडाैं। इटालीका कार्लो एन्सेलोटीलाई मुख्य प्रशिक्षकको नियुक्त गरेको दिन एभर्टनलले आज इङ्लिस प्रिमियर लिगमा आर्सनलसँग गोलरहित बराबरी खेलेको छ।
एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा एन्सेलोटी र आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटा स्ट्यान्डमा बसेर खेल हेरेका थिए।
आर्सनलविरुद्धको खेल शुरू हुन दुई घण्टामात्र बाँकी रहँदा एभर्टनले एन्सेलोटीलाई प्रशिक्षकमा अनुबन्ध गरेको थियो। एन्सेलोटी साढे चार वर्षका लागि एभर्टनसँग अनुबन्धित भएका थिए।
एन्सेलोटीले मार्को सिल्भाको स्थानका लिएका हुन्। सिल्भालाई एभर्टनले गत ६ डिसेम्बरमा बर्खास्त गरेको थियो। एन्सेलोटीलाई इटालियन क्लब नेपोलीले गत महिना बर्खास्त गरेको थियो।
एन्सेलोटी चेल्सीबाट बर्खास्त भएको साढे ८ वर्षपछि इङ्लिस प्रिमियर लिगमा फर्किएका हुन्। उनले स्पेनिस महारथी रियाल मड्रिडको पनि प्रशिक्षण सम्हालिसकेका छन्।
आर्सनलले पनि एकदिन अघि मात्र क्लबका पूर्वमिडफिल्डर आर्टेटालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। बराबरीसँगै आर्सनल दशौं र एभर्टन १५औं स्थानमा कायमै छन्।
" /> काठमाडाैं। इटालीका कार्लो एन्सेलोटीलाई मुख्य प्रशिक्षकको नियुक्त गरेको दिन एभर्टनलले आज इङ्लिस प्रिमियर लिगमा आर्सनलसँग गोलरहित बराबरी खेलेको छ।एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा एन्सेलोटी र आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटा स्ट्यान्डमा बसेर खेल हेरेका थिए।

">