मेक्सिकोमा आप्रवासी बालबालिकाको संख्या बढ्यो
मेक्सिको। संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले मेक्सिकोमा अरु देशहरुबाट आएका आप्रवासी बालबालिकाको संख्या बढ्दै गएको देखिएको बताइएको छ। सो प्रतिवेदनले यो वर्ष लागेपछि मेक्सिकोमा अवैधानिक रुपबाट आइपुग्ने बालबालिकाको संख्या करिब ३ हजार ५०० पुगिसकेको देखाएको हो।
यसरी मेक्सिको छिर्नेमध्येका करिब ३० प्रतिशत बालबालिका आफ्ना आमाबुबा या अभिभावकबिना नै त्यहाँ पुग्ने गरेका छन्।
प्रतिक्रिया दिनुहोस्