पञ्जाबबाट २० हजार किसान दिल्ली जाँदै
एजेन्सी। भारतमा एकातिर दैनिक तीन लाखको हाराहारीमा कोरोना संक्रमित थपिँदै छन् भने अर्कोतिर आन्दोलन गरिरहेका २० हजार किसान पञ्जाबबाट दिल्ली जाने भएका छन्। किसान संगठनका नेताहरुका अनुसार उनीहरु करिब १६५० गाउँबाट बुधबार दिल्ली जान लागेका हुन्।
अहिले पञ्जाबमा खेतीको याम चलिरहेको छ, पुरुषहरु काममा व्यस्त रहने हुँदा आन्दोलनमा ६० प्रतिशत महिला सहभागी हुने संगठनहरुले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्