४३ केजी गाँजासहित चार जना पक्राउ काठमाडौं। प्रहरीले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बागमती खोला नजिकबाट करिब ४३ केजी गाँजासहित चार जनालाई पक्राउ गरेको छ। उनीहरुलाई मंगलबारराति प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरुलाई प्लास्टिकमा प्याक गरी मोटरसाइकलमा लिएर जाँदै गरेको अवस्थमा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्