१९ किलो गाँजासहित वीरगंजका अन्सारी पक्राउ काठमाडौं। पर्साको वीरगंज महानगरपालिका–१५ बाईपास सडकबाट १९ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही महानगरपालिका–१३ मुर्ली बस्ने ४४ वर्षीय उमर अन्सारी रहेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। ना.३८ प ६२२६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लेगगार्डमा झुण्ड्याइएको झोलामा उक्त गाँजा फेला परेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्