ललिता निवास प्रकरणमा अख्तियारकै पूर्वप्रमुखविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले ‘ललिता निवास’ को जग्गा अनियमिततामा आफ्नै पूर्वप्रमुख दीप बस्न्यातसहितको मिलेमतो रहेको भन्दै छानबिन प्रतिवेदन पेस गरेको छ।

अख्तियारकै एक महाशाखा प्रमुखको नेतृत्वमा बनेको अनुसन्धान टोलीले बस्न्यातसहितका सरकारी कर्मचारी र अन्य भूमाफियालाई भ्रष्टाचार मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ।

आयु्क्तहरूले प्रतिवेदन अध्ययन गरिरहेका छन्।

“टोलीले रायको मस्यौदासहित प्रतिवेदन बुझाइसकेको छ। त्यसको अध्ययनपछि आउने प्रतिक्रियाका आधारमा अख्तियार बोर्डमा प्रतिवेदन पेस भएपछि आवश्यक निर्णय होला”, अख्तियार उच्च स्रोतले भन्यो, “ बाहिर जानुभएका एक आयुक्त पनि फर्किसक्नुभएको छ। सम्भवनः यो साता निर्णय हुनेछ।”

अति उच्च संवेदनशील विषय भएकाले निर्णय हुने दिन नै मुद्दा लैजाने गरी आरोपपत्रकोे मस्यौदा पनि तयार पारिँदै छ।

आयुक्तहरूको सल्लाहअनुसार प्रतिवेदनमा केही विषयवस्तु सामान्वय हेरफेर भने हुन सक्ने स्रोतले उल्लेख गर्‍यो।

प्रतिक्रिया दिनुहोस्