भोलि अत्यधिक संख्यामा बीणा उल्कावर्षा हुने काठमाडौं। भोलि राति नेपाली आकाशमा अत्याधिक संख्यामा बीणा उल्कावर्षा देख्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाईटीले जनाएको छ। वैशाख ३ गतेदेखि सक्रिय रहेको उल्कावर्षा भोली उच्च हुने सोसाइटीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भोली राती ११ बजदेखि पर्सि बिहानसम्म अध्याधिक उल्कावर्षा हुने जनाइएको छ। उक्त समयमा प्रतिघण्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिनेछ। बीणा उल्कावर्षा वैशाख १७ गतेसम्म सक्रिय रहनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्