प्रदेश- २ मा ‘एक पालिका एक प्राविधिक विद्यालय’ स्थापना गरिने

धनुषा । प्रदेश २ मा प्राविधिक विश्वविद्यालय स्थापनाको गृहकार्य थालिएको छ।

नेपाल तराई इन्जिनियर्स एशोसिएशनले गरेको एक कार्यक्रममा सहभागीहरूले चाँडै प्रदेश–२ मा इन्जिनियरिङ्ग कलेज स्थापनामा जोड दिएका छन्।

प्राविधिक विश्व विद्यालय स्थापनाको गृहकार्य अन्तिम चरणमा पुगेको बताउँदै प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले चाँडै प्राविधिक विश्वविद्यालय स्थापना गर्ने जानकारी दिए।

उनले प्रदेश- २ लाई प्राविधिक शिक्षाको हव बनाउने बताए ।

प्रदेश सरकारको घोषणा अनुसार प्राविधिक शिक्षा विधेयक सदनमा छलफलमा रहेको र विधेयक पारित भएसँगै ‘एक पालिका एक प्राविधिक विद्यालय’ स्थापनाको कार्य शुरू हुने मुख्यमन्त्री राउतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्