अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने
काठमाडौं। सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘स्टिङ अप्रेसन’ गरी कसैलाई पनि पक्राउ नगर्न आदेश दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान नियमावली, २०५९ को नियम ३० मा भएको स्टिङ अप्रेसनको व्यवस्थान संविधानसँग बाझिएको जनाउँदै अख्तियारले अबका दिनमा यस्तो कार्य नगर्न आदेश दिएको हो। उक्त नियमअनुसार अख्तियारले सेटिङमा घुस माग्नेहरूलाई रकम बुझाउन लगाई रंगेहात पक्राउ गरी कारवाहीअघि बढाउँदै आएको थियो।
प्रतिक्रिया दिनुहोस्