अस्पतालमा अक्सिजन लिक हुँदा ११ को मृत्यु बीबीसी। भारतको नासिकस्थित एक अस्पतालमा अक्सिज ट्यांक लिक हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। अस्पतालमा डेढ सय घाइते राखिएका थिए भने २३ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको नासिक नगर निगमले जनाएको छ। अस्पतालमा ट्यांकरबाट अक्सिजन भर्दा घटना हुन पुगेको अस्पतालका एक चिकित्सकले बताएका छन्। घटनाबारे थप जानकारी नआएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्