'स्टिङ अप्रेसन'बाट संकलन गरेको प्रमाण अदालतमा अयोग्य हुने
काठमाडौं। सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 'स्टिङ अप्रेसन'बाट संकलन गरेको प्रमाण अयोग्य हुने बताएको छ। अन्तिम सुनवाइ भइनसकेका मुद्दामा प्रमाण जुटाउन 'स्टिङ अप्रेसन' गर्न नपाउने आदेश जारी गरेसँगै त्यस्ता अप्रेसनबाट संकलन भएका प्रमाणलाई समेत अयोग्य घोषणा गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम ३० मा स्टिङ अप्रेसनको व्यवस्था थियो। संविधानसँग बाझिएको उक्त नियम बदर भएको छ।
प्रतिक्रिया दिनुहोस्