अस्पतालमा अक्सिजन लिक हुँदा मर्नेको सङ्ख्या २२ पुग्यो एजेन्सी। भारतको नासिकस्थित एक अस्पतालमा अक्सिजन ट्यांकरबाट ग्यास लिक हुँदा मर्नेको सङ्ख्या २२ पुगेको छ। भारतमा कोरोनाका बिरामीलाई अक्सिजन अभाव हुँदै आएको अवस्थामा अक्सिजनकै ट्यांकर लिक हुन पुगेको हो। महाराष्ट्रको नासिकस्थित जाकिर हुसेन अस्पतालमा ट्यांकरबाट अक्सिजन लिक भएपछि अस्पताल परिसर धूवाँले भरिएको थियो। महाराष्ट्रमा अहिले अक्सिजन नपाएर कोरोना सङ्क्रमितको मृत्यु भइरहेको सञ्चारमाध्यमले जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्