त्रिविद्वारा भर्चुअल कक्षा लिन निर्देशन
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उपत्यकालगायत ठूला सहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ। पछिल्लो समय नेपालका घना बस्ती भएका कतिपय सहरमा कोरोना संक्रमण बढ्दै गएकाले भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्न त्रिविले निर्देशन दिएको हो। त्रिविले ठूला सहरबाहेक बाँकी जिल्लाका सहरमा स्थानीय तहसँगको समन्वयमा जनस्वास्थ्यका मापदण्ड लागू गरी कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ।
प्रतिक्रिया दिनुहोस्