माओवादी केन्द्रको कार्यकर्तालाई निर्देशन– कोभिड-१९ विरुद्धको अभियानमा लागौं काठमाडौं। नेकपा माओवादी केन्द्रले आफ्ना मातहतका सम्पूर्ण कमिटीलाई कोभिड-१९ विरुद्धको अभियानमा लाग्न निर्देशन दिएको छ। आज सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले सम्पूर्ण कमिटी र पार्टी पङ्क्तिलाई कोभिड-१९ को सङक्रमणविरुद्ध जनचेतना र जागरण अभियानमार्फत सर्वसाधारणलाई सहजीकरण र सहयोग गर्न निर्देशन दिएको हो। माओवादी केन्द्रले सम्पूर्ण जनसमुदायलाई सचेत भइ सावधानी अप्नाउन अपिल गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्