५३ जना सवार इण्डोनेसियाको पानीजहाज हरायो काठमाडौं। इण्डोनेसियाले ५३ जना सवार आफ्नो जलसेनाको पानीजहाज समुद्रमा हराएको बताएको छ। खोजीको लागि इण्डोनेसियाले अष्ट्रेलिया र सिंगापुरसँग सहयोग मागेको छ। बाली टापूको उत्तरतर्फ चलिरहेको जलसेनाको तालिममा प्रयोग भइरहेको ‘केआरआई नंग्गला-४०२’ पानीजहाज हराएको हो। स्थानीय मिडियाका अनुसार बुधबार विहान बालीस्थित समुद्री तटको करिब ९६ किलोमिटरबाट पानीजहाज हराएको हो। पानीजहाजसँगको सम्पर्क पनि टुटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्