नक्कली नोटसहित ३ जना पक्राउ सुनसरी। नेपाली नक्कली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का टेकबहादुर तामाङ, हरिनगर गाउँपालिका–२ बस्ने नजिम साफि र धरान उपमहानगरपालिका–१७ बस्ने महेन्द्र तामाङ रहेका छन्। प्रहरीले उनीहरूलाई इनरुवा नगरपालिका–४ स्टार होटल अगाडिबाट एक हजार रुपैयाँ दरको ४१५ थान नेपाली नक्कली नोटसहित पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्