अब कन्सुलर विभागले बिहान ८ देखि बेलुका ५ बजेसम्म सेवा दिने
काठमाडौं। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले वैशाख १२ गतेबाट बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सेवा दिने भएको छ। कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम बनाएपछि विभागले कार्यालय समय बढाएको हो। विदेश रहेका नेपालीको मृत्यु वा दुर्घटना परी घाइते भएमा आवश्यक कारवाही कन्सुलर विभागमार्फत् अघि बढाइन्छ। यसबाहेक विभागले सरकारी कागजाग प्रमाणीकरण गर्ने कार्य पनि गर्छ।
प्रतिक्रिया दिनुहोस्